हेटौडा । जिल्लाको सल्यानको शारदा नदीमा माछा मार्न गएका एक पुरुष मृत फेला परेका छन्। मृत्यू हूनेमा ५० वर्षीय डोलबहादुर भण्डारी रहेका हुन्। हिजो बिहीबार राति साढे ८ बजेतिर माछा मार्न गएका बुढाथोकी शारदा नगरपालिका ६ भट्टाचौरनजिकै शुक्रबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख सुमित खड्काले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ।
सेयर गर्नुहोस्


















