सप्तकोशीको बाँध फुट्यो, जिल्लाका विभिन्न स्थान डुवानमा

हेटौंडा टुडे
२०७९ श्रावण १८, बुधबार १२:०० गते

हेटौडा।  अविरल वर्षासँगै आएको भेल बाढीले कोशी नदीको बाध फुट्दा तिन जिल्लाका विभिन्न स्थान डुवानमा परेको छ भने बाढी बस्तीमा पसेको छ। बुधबार बिहान ४ बजेको समयमा उदयपुरको बेलका नगरपालिका  लाहुरे खोच डुम्रीबोटेमा सप्तकोसी नदीको बाँध फुटेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवले जानकारी दिएका छन्।
बाध फुटेसँगै बेलका नगरपालिका १, २, ३, ८, ९ तथा सुनसरीको बराहक्षेत्र नगरपालिका(६ र सप्तरीको केही क्षेत्र डुबानमा परेको प्रजिअ यादवले जानकारी दिएका छन्।

सम्भावित घटनालाई मध्यनजर गरेर नदी किनारका बस्तीलाई सुरक्षित स्थानमा सारिएको र बाँकी रहेका बस्तीमा पनि माईकिङ गर्ने काम सुरु गरिसकेको र हाल सम्म कुनै पनि मानवीय क्षति नभएको प्रमुख जिल्ला अधिकारी यादवले बताएका छन्।अहिले नेपाली सेना,सशस्त्र प्रहरी ,नेपाल प्रहरी र स्थानीयको समन्वयमा बाढी प्रभावित क्षेत्रमा मानिसलाई उद्धार कार्य भइरहेको स्थानीय प्रशासनले जनाएको छ। यता सुनसरी प्रशासन मार्फत कोशीको खोल्न बाँकी ढोका खेल्न भनिसकेको बुझिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*