हेटौडा । राष्ट्रिय स्वतन्त्र पार्टीका मकवानपुर जिल्ला संयोजक राजकुमार न्यौपानेले अहिले सम्म कुनै पार्टीको सदस्यता नलिएको बताएका छन् । बुधबार गरिएको पत्रकार सम्मेलन उनले आफुले कुनै दलको सदस्यता टिकट नलिएको दाबी गरेका छन् । केही दिन अघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुर संयोजक पछि केहि आलाचना भए पछि बुधबार पत्रकार सम्मेलन गरी यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
‘मैले व्यवसायीको नेतृत्व गर्ने समयमा तत्कालिन प्रधानमन्त्री तथा विभिन्न दलका नेतासाग भेटेको पक्कै हो । तर, कुनै पनि पार्टीको सदस्यता अहिलेसम्म लिएको थिइन् । उद्योग बाणिज्य संघ मकवानपुरको पूर्वअध्यक्ष समेत रहेका न्यौपानेले स्वतन्त्र पार्टीका वडा तहदेखि जिल्लासम्ममा नयाा कार्यसमिति चयन गर्ने प्रक्रियामा आफूहरु रहेको बताए ।
सेयर गर्नुहोस्






















