हेटौंडामा प्रदेश स्तरिय राष्ट्रिय लोक नृत्य प्रतियोगिता छनौट शनिबार हुने

हेटौंडा टुडे
२०७९ भाद्र १७, शुक्रबार २१:५९ गते

हेटौंडा । शनिबार हेटांैडामा प्रथम प्याव्सन राष्ट्रिय लोक नृत्य प्रतियोगिता हुने भएको छ । निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याव्सन० बागमती प्रदेश समितीको आयोजनामा प्रथम प्याव्सन राष्ट्रिय लोक नृत्य प्रतियोगिता प्रदेश स्तरिय छनौट प्रतियोगिता हुँदैछ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी बागमती प्रदेश समितिले शनिबार हुने प्रथम प्याव्सन राष्ट्रिय लोक नृत्य प्रतियोगिताको बारेमा जानकारि गराएको हो । भोलि हुने प्रदेश स्तरिय छनौटमा बागमति प्रदेश भरका विद्यालयका ३४५ जनाले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय समूहहरुले यस प्रतियोगितामा सहभागिता जनाउने छन् । ‘प्रदेश स्तरीय छनौट प्रतियोगितामा प्रथम हुने समूह भदौ २५ गते पोखरामा केन्द्रिय प्याव्सनद्धारा आयोजना हुने प्याव्सन राष्ट्रिय लोक नृत्य प्रतियोगितामा सहभागिता जनाउने समितिका अध्यक्ष केशवलाल श्रेष्ठले बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*