घरबाट निस्किएका तीन बालिका सम्पर्क विहीन

हेटौंडा टुडे
२०७९ भाद्र २६, आईतवार ११:०६ गते

हेटौडा । मोरङको लेटाङमा फुटबल हेर्न भनेर अघिल्लो दिन घरबाट निस्किएका तीनजना बालिका सम्पर्कविहीन बनेका छन् । प्रहरीका अनुसार लेटाङ नगरपालिका–३ की १३ वर्षीया रक्षा दर्नाल, लेटाङ–४ की १२ वर्षीया अनुष्का राई र १४ वर्षीया सविना राई शनिबार बिहानदेखि सम्पर्कविहीन बनेका हुन् । घरबाट फुटबल हेर्न भनेर अभिभावकलाई ढाँटेर उनीहरु बिहान ११ बजेतिर घरबाट निस्किएको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार लेटाङ वरपर फुटबललगायत खेलकुदका कुनै प्रतियोगिता आयोजना गरिएको जानकारी छैन ।

तर बालिकाहरु फुटबल हेर्न भन्दै अभिभावकलाई ढाँटेर घरबाट निस्किएको खुलेको छ श्रेष्ठले भने, ‘अभिभावक र स्थानीय बासिन्दाको सहयोगमा खोजी तीव्र पारिएको छ । तर फेला पार्न सकिएको छैन ।’ डीएसपी श्रेष्ठका अनुसार ढिलो गरेर घटनाको जानकारी आएकाले पनि खोजीमा समस्या भइरहेको छ । अभिभावक र स्थानीयको सहयोगमा खोजी तीव्र पारिएको भए पनि उनीहरुको अवस्थाका बारेमा कुनै जानकारी प्राप्त हुन नसकिरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*