पाँच वर्षअघि चुनाव प्रचारमा हिड्नेले अहिले टुरिस्ट भनेको सुहाएन : विरोध खतिवडा

हेटौंडा १९ मा गठबन्धनको प्रचार प्रसार कार्यालय शुभारम्भ
हेटौंडा टुडे
२०७९ कार्तिक १४, सोमबार १९:०४ गते

हेटौँडा  । बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ मा संयुक्त प्रचार प्रसार कार्यालय शुभारम्भ गरिएको छ ।
आज सोमबार बाम लोकतान्त्रिक गठबन्धनको मकवानपुर प्रतिनिधीसभा क्षेत्र नम्बर २ का उम्मेदवार विरोध खतिवडाले संयुक्त प्रचार प्रसार कार्यालयको उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटन गर्दै उम्मेदवार खतिवडाले पाँच वर्षअघिको चुनावमा आफ्नो प्रचारमा हिड्नेले अहिले टुरिस्ट उम्मेद्वार भन्दै कुप्रचार गरेको टिप्पणी गरे । ‘गएको प्रतिनिधीसभाको चुनावमा मेरा लागि भोट माग्दै हिड्ने अहिले आफू उम्मेद्वार बनेपछि मलाई टुरिस्ट भन्दै हिडेको सुनियो ।

’नेता खतिवडाले भने,‘नेपालको जुनसुकै क्षेत्रमा गएर पनि प्रतिनिधीसभाको सदस्यमा उम्मेदवारी दिन पाइन्छ भन्ने कानूनको आधारभूत ज्ञान पनि उनमा रहेनछ ।’ खतिवडाले आफूसंगै प्रतिष्पर्धा गर्न नेकपा एमालेबाट उम्मेदवारी दिएका महेशकुमार बर्तौैलालाई संकेत गर्दै भने,‘कानून पढेको मान्छेलाई प्रतिनिधीसभाको सदस्य बन्नका लागि देशको जुनसुकै भूगोलमा गएर पनि उम्मेद्वार बन्न पाइन्छ भन्ने थाहा रहेनछ ।’ प्रतिनिधीसभाको सदस्य हुन स्थानीय नभएपनि हुने तर वडा अध्यक्षको लागि भने स्थानीय वडाकै हुनुपर्ने ज्ञान उनमा नभएको खतिवडाले टिप्पणी गरे ।

‘प्रतिनिधीसभाको लागि स्थानीय नै चाहिने भन्ने बुझाई हो भने उनलाई वडा अध्यक्षमा उम्मेदवारी दिन सुहाउँछ । बरु त्यतातिर तयारी गर्दा हुन्छ ।’ खतिवडाले व्यङ्ग्य गरे,‘वडाअध्यक्षमा उठ्ने हो भने म पनि सहयोग गरौंला ।’ उनले प्रतिनिधीसभाका लागि देशको जुनसुकै जिल्लामा गएर पनि चुनाव लड्न सक्ने भएकाले स्थानीय नै हुनुपर्छ भनेर अनावश्यक भ्रम छर्ने काम गरिएकोप्रति आपत्ति समेत जनाए । खतिवडाले मकवानपुरको हेटौंडाकै मुख्यमन्त्री बनेर पनि एमालेका डोरमणि पौडेलले मकवानपुरमा दश करोड भन्दा माथिको योजना नपारेकाले अब पनि एमालेबाट विकासको आशा गर्नु बेकार हुने बताए ।

यस्तै, प्रतिनिधीसभाको क्षेत्र नम्बर २ को प्रदेशसभा ९ख० का उम्मेदवार इन्द्रबहादुर बानियाले केन्द्र र प्रदेशमा एमालेको सरकार भएका बेला मकवानपुरलाई विकासमा उपेक्षा गरिएको बताए । ‘एमालेले साँढे तीन–तीन वर्ष संघ र प्रदेशमा सरकारको नेतृत्व गर्ने अवसर पायो तर मकवानपुरको विकासका लागि कुनै सरकारले ध्यान दिएन ।’बानियाँले भने, ‘अब फेरि विकास गर्छु भन्दै ढाँट्नेलाई पत्याउने भूल कदापी गर्नु हुदैन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*