हेटौंडा । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर-२ प्रदेश सभा (२) मा नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।
नेकपा एमालेका लालबहादुर थापालाई १ हजार ७ सय ८२ मतले पराजित गर्दै बानियाँ निर्वाचित भएका हुन् । यस क्षेत्रमा ४० हजार ५९९ मत खसेकोमा बानियाँले १८ हजार ७१६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका थापाले १६ हजार ९३४ मत प्राप्त गरे ।
सेयर गर्नुहोस्






















