झापा ४ (१) मा एमालेका उम्मेदवार विजयी

हेटौंडा टुडे
२०७९ मंसिर ९, शुक्रबार १०:५५ गते

हेटौंडा |  झापा ४ (१) मा नेकपा एमालेका राधाकृष्ण खनाल प्रदेशसभा सदस्यमा विजयी भएका छन्। सत्तारुढ गठबन्धनका साझा उम्मेदवार बनेका माओवादी केन्द्रका दर्लामीलाई खनालले एक हजार ५८० मतान्तरले पराजित गरेका हुन्।

खनालले १३ हजार ९५१ मत पाउँदा प्रदेश १ का पूर्व कृषि मन्त्री झलकबहादुर मगर दर्लामीले १२ हजार ३७१ मत पाएका छन्।

त्यस्तै हाम्रो नेपाल पार्टीका होमप्रसाद गौतमले १३४६ मत ल्याइ तेस्रो स्थान ओगटेका छन्। कूल ३३ हजार २५६ मत खसेकोमा १६०७ मत बदर भएको निर्वाचन अधिकृत प्रकाश गौतमले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*