हेटौंडा | सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका छन्। निर्वाचन आयोगका अनुसार बस्नेत ११ हजार ८७४ मतान्तरले विजयी भएका हुन्।
सत्ता गठबन्धनका उम्मेदवार बस्नेतले ३९ हजार ३६७ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का शेरबहादुर तामाङले २७ हजार ४९३ मत ल्याएका छन्।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका २ हजार ८१९ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले २ हजार ४५२ मत ल्याए।
सेयर गर्नुहोस्






















