हेटौंडा | सुनसरीको क्षेत्र नं. २ को प्रदेशसभा (क) मा नेकपा एमालेका रेवतीरमण भण्डारी विजयी भएका छन् । एमालेका भण्डारीले १४ हजार ५२८ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
भण्डारी नेकपा एमाले सुनसरीका जिल्ला अध्यक्ष हुन् ।एमाले परित्याग गर्दै माओवादी प्रवेश गरेका द्वारिकलाल चौधरीलाई भण्डारीले २ हजार ६८३ मतान्तरले पराजित गरेका हुन् । गठबन्धनका उमेदवार बनेका चौधरीले ११ हजार ८४५ मत प्राप्त गरे ।
राप्रपाका मोहनबहादुर खत्रीले ९ हजार ३२२ मत प्राप्त गरे भने स्वतन्त्र उमेदवार दीपेन्द्र घिमिरेले ३ हजार २०८ मत प्राप्त गरेका छन् ।
सेयर गर्नुहोस्






















