कोदालोको बिँडले हानेर मकवानपुरमा एक वृद्धको हत्या

हेटौंडा टुडे
२०७९ मंसिर ९, शुक्रबार १५:३० गते

हेटौंडा  | एक वृद्धको कोदालोको बिँडले हानेर हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

थाहा नगरपालिका–१२ गैरीगाउँ बस्ने ८९ वर्षीय आईत सिङ स्याङ्तानको कोदालोको बिँडले प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय टाईसन गोलेलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

उनीहरूबीच एक–आपसमा भनाभन भइ झै–झगडा हुँदा टाईसनले कोदालोको बिँड प्रहार गर्दा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*