हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ स्थित रानी सामुदायिक वन क्षेत्र यतीबेला डमिपङ्ग साईड बन्न पुगेको छ । देशकै उत्कृष्ट वनको रुपमा पुरस्कार प्राप्त गर्न सफल उक्त वन क्षेत्र हाल डम्पिङ्ग साईड बन्न पुगेको हो । वन क्षेत्रसँग जोडिएको हेटौंडा–६ र मकवानपुरगढी गाँउपालिका ३ र ४ नम्बर वडाकाका ,होटल ब्यबसायीबाट पसलहरुबाट र उद्योगबाट र बन क्षेत्र आसपासमा रहेका स्थानिय बासिन्दाको घरबाट निस्किने फोहोर वनमा फ्याल्ने गरेका छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चर्चित रानी सामुदायिक वनमा अवलोकन गर्न धेरै देशबाट मानिस आउने गरेका छन् । तर अहिले यो वन क्षेत्रमा फोहोरको डङ्गुर देख्दा डम्पिङ्ग साईडकै झल्को दिईरहेको छ । मकवानपुरगढी गाँउपालिका वडा नम्बर – ३ अबस्थित रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाले दुग्ध प्रशोधन उद्योगबाट निस्किएको फाहोरपानी रानि वनमै निस्काशन गर्ने गरेको र यसले गर्दा पर्यावरणमा समेत असर परेको स्थानियबासि बताउछन ।
बन क्षेत्र नजिकै रहेका माथिल्लो बस्ती र तल्लो बस्तिमा रहेको होटल, पसलहरुबाट निस्कने कुहिने तथा नकुहिने फोहोरहरु समेत उक्त वनमै फाल्ने गरेको एक स्थानियबासि बताउछन । वन दिन प्रतिदिन डम्पिङ्ग साईड बन्दै जादा यस तर्फ सम्बन्धित निकायहरुले चासो नदिदाँ देशकै उत्कृष्ट बनेको बन दिन प्रतिदिन फोहोर फाल्ने अखडा बन्दै जानु लज्जाको बिषय हो ।
दुर्लभ बन्यजन्तु सालकको संरक्षणमा अब्बल भुमिका देखाएको रानी सामुदायीक बनले आफ्नो क्षेत्रभित्रको सरसफाईमा भने चासो देखाएको छैन । यसले गर्दा फोहोर न्युनिकरणमा बनले चासो नदिने हो भने यो बन एक दिन देशकै फोहोर वन भनेर चिनिने समय आउन धेरै दिन नलाग्नेमा कुनै दूईमत छैन । यस तर्फ वनको ध्यान जान जरुरि दखिन्छ ।






















