अर्जेन्टिना क्वार्टरफाइनलमा

हेटौंडा टुडे
२०७९ मंसिर १८, आईतवार ११:०७ गते

हेटौडा । फिफा विश्वकप २०२२ को अन्तिम १६ मा अस्ट्रेलियालाई २–१ गोलको नतिजामा पराजित गर्दै अर्जेन्टिना क्वार्टरफाइनलमा पुगेको छ। शनिबार राति दोहास्थित अहमद अल बिन अली रंगशालामा भएको खेलको ३५औं मिनेटमा लियोनेल मेसीले गरेका गोलसँगै अर्जेन्टिनाले अग्रता लिएको थियो।

मेसीले पेनाल्टी एरिया भित्रबाट सुन्दर गोल गर्दै दुई पटकको च्याम्पियनलाई अग्रता दिलाएका थिए।

आफ्नो करिअरको एक हजारौं खेल खेलिरहेका मेसीले विश्वकपको नकआउट चरणमा गरेको यो पहिलो गोल हो। अस्ट्रेलियन मिडफिल्डर नह्युल मोलिनालाई फाउल गरेपछि अर्जेन्टिनाले फ्रि–किक पाएको थियो। सोही फ्रि–किकमा बनेको मुभमा मेसीले अर्जेन्टिनाका लागि ९४औं गोल गरे।

पेनाल्टी एरियाको दायाँतर्फबाट फ्रि–किक प्रहार गरेर १८ यार्ड बक्समा रन बनाएका मेसीलाई निकोलस ओटामेन्डीले असिस्ट दिएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*