हेटौंडा। लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत हेटौडामा पत्रकारसँग अन्तरक्रिया गरिएको छ। १६ दिने अभियान अन्तर्गत बिहीबार लैंगिक हिंसा न्यूनिकरणमा सञ्चारमाध्यमको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको आयोजन गरिएको हो । नेपाल पत्रकार महासंघ मकवानपुर शाखा र फ्री मिडिया नेटवर्कले संयुक्त रुपमा सञ्चारकर्मी र सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम गरेको हो।
कार्यक्रमको सभाध्यक्षता महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतमले गरेका थिए भने तथा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका सल्लाहकार निर्मला शर्माको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी शर्माले सञ्चारमाध्यमले लैंगिक हिंसाका विषयवस्तुलाई समेटी समाचार प्रकाशित गर्दै आम नागरिकलाई हिंसा विरुद्ध आवाज उठाउन सञ्चार जगतको भुमिका महत्वपूर्ण हुने बताइन।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, प्रहरी प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतम, राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशका प्रमुख यज्ञप्रसाद अधिकारी,पत्रकार महासंघ बागमती प्रदेश पुर्व अध्यक्ष प्रताप विष्ट, गैसस महासंघका रमिला सापकोटा, महिला अधिकारकर्मी शर्मिला श्रेष्ठ लगायतले आफ्ना कार्यक्रमको बिषयवस्तु माथि आ(आफ्नो धारणा राखेका थिए।
कार्यक्रममापत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, महासंघ मकवानपुर पुर्व अध्यक्षहरु नवराज शर्मा,भानुभक्त आचार्य,हरि हुमागाई,मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता, माइती नेपालका प्रमुख माया लामा, हेटौंडा उपमहानगरकी कार्यपालिका सदस्य ईश्वरी रसाइली,, फ्री मिडिया नेटवर्कका प्रतिनिधि, महासंघका पूर्व अध्यक्षहरु, पत्रकार संगठनका अध्यक्षहरु पत्रकार, प्रहरीहरुको उपस्थिती रहेको थियो । सोही कार्यक्रममा १९ गते महिला अधिकारकर्मी र महिला पत्रकार बिच भएको मैत्रीपूर्ण फुटसलका विजेतालाई प्रमाणपत्र र शिल्ड प्रदान गरिएको थियो।


















