हेटौंडा | रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक भोलि शनिबार बस्ने भएको छ । बैकठ बिहान ११ बजे पार्टी कार्यालय बसुन्धारामा बस्ने भएको हो ।
उक्त बैठकले चुनावी समीक्षाका साथै समानुपातिक सांसद चयन गर्ने भएको छ । पार्टीले विधि पद्धति मिच्न नपाउने भन्दै पार्टीका केही नेताहरूले बिहीबार पार्टी कार्यालयमा प्रदर्शन गरेका थिए । यो विषय पनि बैठकमा छलफलको एजेण्डा बन्ने एक नेताले बताए ।
पार्टीले समानुपातिक तर्फ १३ सिट पाएको छ भने प्रत्यक्षमा ७ सिट जितेको छ ।
सेयर गर्नुहोस्






















