माओवादी केन्द्रले शुक्रबार समानुपातिक सांसदको सूचि तयार पार्न पदाधिकारी बैठक बस्दै

हेटौंडा टुडे
२०७९ मंसिर २३, शुक्रबार १२:३२ गते

हेटौंडा |  नेकपा(माओवादी केन्द्र)ले शुक्रबार समानुपातिक सांसदको सूचि तयार पार्न गृहकार्य गर्दैछ।छलफलको लागि शुक्रबार पार्टी पदाधिकारी बैठक बस्दैछ।

बैठक दिउँसो दुई बजे बस्ने पार्टीका महासचिव देव गुरुङले जानकारी दिए। मंसिर४ मा सम्पन्न आम निर्वाचनमा माओवादी केन्द्रले प्रत्यक्षतर्फ १८ सिट जितेको छ।

कांग्रेस नेतृत्वको सत्ता गठबन्धनसहित चुनावमा होमिएको माओवादी ४३ सांसदसहित तेस्रो दल बनेको छ। माओवादी केन्द्रले प्रतिनिधिसभामा १४, प्रदेश १ मा ४, मधेश प्रदेशमा ४, बागमतीमा ७, गण्डकीमा ३, लुम्बिनीमा ४, कर्णालीमा ५ र सुदूरपश्चिम प्रदेशमा ३ जना सांसद पाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*