माओवादी केन्द्रका अध्यक्ष दाहालसँग कांग्रेस नेता केसीले भेटे

हेटौंडा टुडे
२०७९ मंसिर २६, सोमबार १७:१२ गते

हेटौंडा | नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका छन्।

उनीहरूबीच सिंहदरबारमा भेटवार्ता भएको हो। नेता केसीले आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेका थिए।

नयाँ सरकार गठनको विषय पेचिलो बनिरहेका बेला कांग्रेस नेता केसीले एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*