अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा

हेटौंडा टुडे
२०७९ मंसिर २८, बुधबार १०:५३ गते

हेटौडा । अर्जेन्टिना विश्वकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। मंगलबार राति भएको खेलमा अर्जेन्टिनाले साविक उपविजेता क्रोएसियालाई ३(० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो। अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले २ गोल र लियोनेल मेसीले एक गोल गरेका थिए।

कतार स्थित लुसेइल रङ्गशालामा भएको खेलमा अर्जेन्टिनाले पहिलो हाफमा २ गोल गर्दा दोस्रो हाफमा थप एक गोल थपेको थियो। खेलमा अर्जेन्टिनाले ३४ औ मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेको थियो।
जुलियन अल्भारेजलाई क्रोएसियन गोलरक्षक लिभाकोभिकले फल गरेपछि पाएको पेनाल्टीलाई लियोनेल मेसीले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए।
चार मिनेट पछि नै अल्भारेजले काउन्टर याट्याकमा गोल गर्दै टिमलाई २(० को अग्रता दिलाएका थिए। पहिलो हाफमा २ गोलको अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा तेस्रो गोल गर्‍यो। ६९ औ मिनेटमा लियोनेल मेसीले सानदार असिस्ट गरेको बललाई अल्भारेजले पोस्टको दिशा दिदै व्यक्तिगत दोस्रो गोल गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*