हेटौंडा| पोखरा महानगरपालिका-२५ हेम्जा हनुमान चोकमा गएराति जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।
जीपमा सवार म्याग्दी मंगला गाउँपालिका-१ मजुलाका ४७ वर्षीय गजेन्द्र पुन र तनँहु घर भई हाल पोखरा १० शिवचोक बस्ने ३७ वर्षीया वसन्ती मगर घाइते भएका थिए।
घाइते दुवैको पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भइरहेकोमा उपचारकै क्रममा बसन्तीको राति सवा २ बजे मृत्यु भएको हो।
गएराति सवा १ बजे ग २ च २६८४ नम्बरको जीप आफैं अनियन्त्रित भई सडक छेउको विद्युतको पोलमा ठक्कर खाएको हो।
चालक फरार रहेकाले खोजिकार्य भइरहेको वडा प्रहरी कार्यालय बगरले जानकारी दिएको छ।
सेयर गर्नुहोस्


















