कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मतदान

हेटौंडा टुडे
२०७९ पुष ६, बुधबार ११:१३ गते

 
हेटौडा । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज मतदान हुँदछै। संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका छन्।
बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा मतदान हुने जनाइएको छ ।

कांग्रेसको संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले मतदान समाप्त भएपछि आजै मतगणना र निर्वाचन परिणामको घोषणा हुने जनाएको छ ।
निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेको छ । उनै सांसदहरूले मतदान गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*