हेटौंडा| नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय डा बाबुराम भट्टराई र महिन्द्र राय यादव प्रधानमन्त्री निवास बालुवाटार नै पुगेर शेरबहादुर देउवालाई शुभकामना र बधाई दिएका छन्।
प्रधानमन्त्री तथा कांग्रेस सभापति रहेका देउवा बुधबार मात्रै कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका थिए। उनले अर्का उम्मेदवार गगन थापालाई पराजित गरेका हुन्।
‘संसदीय दलको नेता निर्वाचित हुनुभएकोमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेपाल समाजवादी पार्टीको तर्फबाट हार्दिक बधाइ तथा शुभकामना,’ भट्टराईले ट्विटरमा लेखेका छन्।
सेयर गर्नुहोस्






















