त्रिभुवन विश्वविद्यालयको हिउँदे बिदा १७ पुसदेखि

हेटौंडा टुडे
२०७९ पुष ७, बिहीबार १३:०० गते

हेटौंडा| त्रिभुवन विश्वविद्यालयका विभाग तथा क्याम्पसहरूमा पुस १७ गतेदेखि हिउँदे बिदा हुने भएको छ।

विश्वविद्यालयको सूचना तथा जनसम्पर्क महाशाखाले बिहीबार सूचना प्रकाशित गर्दै आ–आफ्नो अनुकूलता हेरी पुस १७ गतेदेखि बढीमा २२ दिनसम्म बिदा दिन सकिने जनाएको छ।

त्रिवि कार्यकारी परिषद्को पुस ३ गते बसेको बैठकले बिदा सम्बन्धी निर्णय गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*