वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिने

हेटौंडा टुडे
२०७९ पुष ७, बिहीबार १७:०० गते

हेटौंडा| संघीय सांसदको शपथ ग्रहण गरेका वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिने भएका छन् ।

मुख्यमन्त्री पदबाट राजीनामा नगरी पाण्डेले प्रतिनिधिसभा सदस्यको शपथ लिएको भन्दै उनको चौतर्फी आलोचना भइरहेको छ ।

कानुनले प्रदेशको मुख्यमन्त्रीले प्रतिनिधिसभाको शपथ लिन हुने/ नहुने केही नभनेको कारण शपथ लिएको मुख्यमन्त्री पाण्डेले बताएका छन् ।

मुख्यमन्त्री स्रोतका अनुसार भोली शुक्रबार उनले राजीनामा दिने तयारी गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*