सूनको मूल्यमा गिरावट

हेटौंडा टुडे
२०७९ पुष ८, शुक्रबार १२:३३ गते

हेटौडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँले घटेको छ । घटेसँगै छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३०० रुपैयाँ तोकिएको छ । बिहीबार प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँमा नेपाली बजारमा कारोबार भएको थियोे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबार तेजावी सुनको मूल्य ९९ हजार ८०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन तेजावी सुनको भाउ तोलाको १ लाख १ हजार रुपैयाँ निर्धारण भएको थियो । शुक्रबार चाँदी प्रतितोला १५ रुपैयाँले ओरालो लागेर एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*