हेटौंडा । राष्ट्रिय ज्येष्ठ नागरिक दिवस आज विभिन्न कार्यक्रम गरि मनाइँदैछ । यस वर्षको दिवस ‘हामी सबैको सरोकार, ज्येष्ठ नागरिकको अधिकार’ भन्ने नाराका साथ मनाइँदैछ ।
दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिँदै ज्येष्ठ नागरिकमा सुस्वास्थ्य, दीर्घायु एवम् मर्यादित जीवनयापनको कामना गरेकी छन् ।
२०५१ साल पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको दिनलाई स्मरण गर्दै पोहोरदेखि राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरिएको हो ।
सेयर गर्नुहोस्


















