प्रधानमन्त्री दाहालले आजै बनाउने मन्त्रिमण्डल

हेटौंडा टुडे
२०७९ पुष ११, सोमबार १४:२७ गते

हेटौंडा| प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ लिएपछि आजै सानो आकारको मन्त्रिमण्डल बनाउने नेकपा (माओवादी केन्द्र)ले निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले मन्त्रिपरिषदमा पार्टीका तर्फबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई सहभागी गराउने निर्णय पनि गरेको छ।

श्रेष्ठले सम्हाल्ने मन्त्रालयबारे टुंगो नलागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। आज अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ कार्यक्रम राखिएको छ। मन्त्रालयको टुंगो लगाउन साझेदार दलहरु नयाँ बानेश्वरमा छलफल गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*