पुस १७ गते प्रदेश एकको प्रदेशसभा बैठक

हेटौंडा टुडे
२०७९ पुष १२, मंगलवार १४:२३ गते

हेटौंडा| प्रदेश नं १ को प्रदेशसभा बैठक पुस १७ गते आइतबार बोलाइएको छ ।

प्रदेश मन्त्रिपरिषद्ले प्रदेशसभाको बैठक आह्वान गर्न प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सिफारिस गरेको हो ।

प्रदेश प्रमुखको कार्यालयले जनाएअनुसार संविधानको धारा १८३ को उपधारा १ बमोजिम आइतबार दिउँसो १ बजे प्रदेशसभाको पहिलो अधिवेशन आह्वान गरिएको हो ।

प्रदेशका नवनिर्वाचित सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण हिजो सम्पन्न भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*