हेटौंडा| काठमाडौं उपत्याका ट्रफिक प्रहरिले ट्रफिक नियम उलङ्गनको जरिवाना बढायको छ । पुस महिना देखि लागु हुने उपत्यका ट्रफिक प्रहरि कार्यलय रामशपथले जरिवाना रकम बढयको हो ।
ट्रफिक नियमको पालनामा कडाइ र सडक दुर्घटना न्युनिकरण गर्नका लागि जरिवाना रकम बढयको प्रहरि वरिष्ठ उपनिरिक्षक (एसएसपि)राजेन्द्र प्रसाद भट्टले बतायका छन्।
विगतमा लागु हुँदै आयका ट्रफिक नियमका १६ शिर्षकमा जरिवाना बढेको हो ।”एसएसपि भट्टले भने हिजोका दिनमा ५०० देखि २५०० सम्म जरिवाना तोकियको शिर्षकमा ५०० मात्रै जरिवाना गराइदै आयका थियो। तर अब भने यि शिर्षकमा अधिकतम २५०० जरिवाना नै लाग्ने छ।”
वि सं २०७५ ट्रफिक प्रहरिले अधिकतम जरिवाना गर्न सक्ने गरि प्रत्ययोजन गरियको अधिकारको आधारमा जरिवाना रकम बढायको एसएसपि भट्टको भनाइ छ।यसरि जरिवाना हमिले हाम्रो लागि बढयका हैनौं ।यसमा मुख्यतया दुइ वटा स्वार्थ छन्।उनले भने पहिले ट्रफिक नियमको पालना हुन्छ।र दोस्रो सडक दुर्घटना न्युनिकरन हुन्छ।
एसएसपि भट्टका अनुसार कार्वाहि पछि पनि एउटै सवारि चालक पटक पटक ट्रफिक नियम उलङ्नमा परेपछि जरिवाना बढायको हो।
यस्ता छन २५०० लाग्ने शिर्षकहरु;
१ ट्रफिक बत्तिले रोक्न संकेत गरेकोमा नरोकेकोमा
२ सवारि अड्याउन वा राख्न निषेध गरियको ठाउमा वा समयमा सवारि अड्याउन वा रोकेर राखेमा
३ सवारि मोड्न निशेध गरियको ठाउँमा सवारि मोडेमा
४ सडकमा गलत साइड तर्फ सवारि चलायमा
५ एकतर्फि सडकमा सो विपरित सवारि चलायमा
६ अवस्था ठिक नभयको सवारि चलायमा
७ राति बत्ति नबालि सवारि चलायमा
८ सवारि चलाउन निषेध गरियको ठाउँमा सवारि चलायमा
९ नम्बर प्लेट नराखि सवारि चलायमा
१० सिटवेल्ड नबाँधि वा हेल्मेट नलगाइ सवारि चलायमा
११ सार्वजानिक सवारिको चालकले यात्रु लिन इन्कार गरेमा
१२ लापर्वाहि साथ सवारि चलायमा
१३ सवारिको वजन हद निर्धरण क्षेत्रमाबढि वजनको सवारि चलायमा
१४ लाइसेन्स ,ब्लुबुक, सवारि इजजात पत्र साथमा नराखि सवारि चलायमा
१५ ट्रफिक संकेत वा इशारा उलङ्गन गरि सवारि चलायमा
१६ हर्न बजाउन उलङ्गन गरियको क्षेत्रमा हर्न बजाएमा


















