हेटौंडा| राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको पहिलो अधिवेशन आह्वान गरेकी छन्।
सोमबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा १ बमोजिम पुस २५ गते दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् ।
सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । मंसिर ४ गते भएको निर्वाचनपछि प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक पहिलो पटक बस्न लागेको हो ।
सेयर गर्नुहोस्






















