बागमतीका प्रदेश सदस्यले पद तथा गोपनियताको लिए शपथ

हेटौंडा टुडे
२०७९ पुष १४, बिहीबार १७:२२ गते

हेटौंडा । बागमती प्रदेश सभाका १ सय ९ जना प्रदेश सदस्यहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

बागमती प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले प्रदेशसभाका नवनिर्वाचित सदस्यहरुलाई बिहीबार प्रदेश सभामा शपथ गराएका हुन् ।

प्रदेश सभाका १२ जना सदस्यले नेवारी र तीन जना सदस्यले तामाङ भाषामा शपथ ग्रहण गरेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

१ सय १० प्रदेशसभा सदस्य रहेको बागमतीमा बुधबार जेष्ठ सदस्य ढुङ्गानाले शपथ लिएका थिए । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ खुवाएका थिए ।

४ मंसिरमा भएको आम निर्वाचनमा बागमतीमा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादीका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टीका ३, हाम्रो नेपाली पार्टीका २ जना निर्वाचित भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*