हेटौडा । धरान–चतरा सडकखण्ड अन्तरगत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ रंगशालास्थित गएराति सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
हर्नामाडिबाट चौघडातर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ प १०९३ नं।को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घट्ना हुँदा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।दुर्घटनामा परेर घाइते हुनेहरुमा मोटरसाइकल चालक सुर्खेतको बिरेन्द्रनगर नगरपालिका– ३ बस्ने २० वर्षीय अविनाश प्याकुरेल र रुकुमको मुसिकोट नगरपालिका–४ बस्ने २० वर्षीय बिजय लामा रहेका छन् ।
घाइतेमध्ये मोटरसाइकल चालक प्याकुरेलको हेटौंडा अस्पतालमा उपचारपश्चात थप उपचारको लागि गएराति नै चितवनको भरतपुर रिफर गरिएको छ भने अर्का घाइते लामाको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
कार्कीका अनुसार, घाइते दुबै जनाले मापसे गरेको थिए । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।





















