एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

हेटौंडा टुडे
२०७९ पुष २१, बिहीबार १३:०४ गते

हेटौंडा| वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, वाम एकतालगायतका विषयमा निर्णय गर्न नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ ।  पार्टी कार्यालय आलोकनगरमा बैठक सुरु भएको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

यसअघि बसेको स्थायी कमिटी र पोलिटब्युरो बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिने नदिने निर्णय गर्ने अधिकार सचिवालयलाई सुम्पिएको थियो । सोही अनुसार निर्णय गर्न पार्टी केन्द्रीय सचिवालय बैठक बसेको हो ।

बुधबार मात्रै प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष माधव नेपालबीच भएको भेटमा प्रधानमन्त्रीले विश्वासको मत मागेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*