हेटौंडा| लुम्बिनी प्रदेशमा पुस २७ गते भित्रै मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान भएको छ।
प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै पुस २७ गते दिउँसो ४ बजेभित्र मुख्यमन्त्रीमा दावी पेश गर्न दलहरूलाई आह्वान गरेका हुन्।
कुनै दलको बहुमत नभएको स्मरण गराउँदै दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश उक्त समय सीमा दिएका हुन्।
योसँगै अब लुम्बिनीमा सत्तासिन दल नेकपा एमालेकी लिला गिरी वा नेकपा माओवादी केन्द्रका जोखबहादुर महरामध्ये मुख्यमन्त्री को हुने भन्ने चासोको विषय बनेको छ।
गिरीले रुपेन्देहीको र महराले रोल्पाको प्रतिनिधित्व गर्छन्।
प्रदेशमा सबैभन्दा ठूलो भएकाले पनि लुम्बिनीको मुख्यमन्त्रीमा एमालेको दाबी स्वाभाविक रहेको पार्टी महासचिव शंकर पोखरेल बताउँछन्। त्यस्तै माओवादी नेताहरू पनि लुम्बिनीमा आफ्नो दाबी नछाड्ने पक्षमा छन्।






















