गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराजको दाबी पेस

हेटौंडा टुडे
२०७९ पुष २५, सोमबार १५:२२ गते

हेटौंडा|  गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन् ।

सोमबार प्रदेश प्रमुखको कार्यालय पुगेर एमालेका अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । एमाले, माओवादी केन्द्र र राप्रपा र एक जना स्वतन्त्र सांसदको समर्थनमा उनले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र नेकपा एकीकृत समाजवादीका एक जना गरेर ३३ जना सांसद छन् । नेकपा एसका सांसद राजीव गुरुङ (दीपक मनाङे) ले पनि समर्थन गरेका छन् । ६० सदस्यीय प्रदेश सभामा ३१ जना सांसद भए बहुमत पुग्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*