हेटौंडा| लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेस प्रदेश संसदीय दलको नेता आज चयन गर्ने भएको छ । सोमबार नै दलको नेता चयन गर्ने भनिए पनि तयारी पूरा हुन नसक्दा आज प्रदेशसभा सदस्यहरुको बैठक बसेर संसदीय दलको नेता चयन गर्न लागेको हो ।
आज जनकपुरधाममा बस्ने बैठकले दलको नेता चयन गर्ने पार्टीको तयारी छ । दलको नेतामा मधेश प्रदेश अध्यक्ष जीतेन्द्र सोनल र पूर्व राज्यमन्त्री अभिराम शर्मा आकांक्षी रहेका छन् ।
यसअघि पनि लोसपा मधेस प्रदेश अध्यक्ष सोनल दलको नेता रहिसकेका छन् । यसपटक पनि दलको नेतामा दाबी गरेपनि उनलाई नस्वीकार्ने पार्टीबाटै आज उठिरहेको छ ।
दलको नेतामा उनकै पार्टीका प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले फेरी पनि सोनललाई नै स्वीकार्न नसकिने बताइसकेकी छिन् ।
सेयर गर्नुहोस्






















