प्रधानमन्त्री प्रचण्डले पाए २६८विश्वासको मत

हेटौंडा टुडे
२०७९ पुष २६, मंगलवार १७:३८ गते

हेटौंडा| मंगलबार भएको मतदानमा विश्वासको मतको पक्षमा मत परेको थियो। यस्तै विपक्षमा  २ मत परेको थियो।  मतदानमा २७० सांसदको उपस्थिति थियो।

मंगलबार १ बजे सुरु भएको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत माग्ने प्रस्ताव पेश गरेका थिए। प्रस्तावमाथि छलफलमा भाग लिँदै अधिकांशले मत दिने बताएका थिए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता प्रचण्ड पुस १० गते (आइतबार) संविधानको धारा ७६ को उपधारा (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका थिए।

एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन जना स्वतन्त्र सांसदको समर्थनमा प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए।

सरकार गठनको प्रक्रियामा सहभागी नभएका नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी लगायतले पनि प्रचण्डलाई विश्वासको मत दिएका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*