हेटौंडा| कर्णाली प्रदेश सभाको सोमबारको लागि तय भएको बैठक स्थगित गरिएको छ। सोमबार दिउँसो १ बजे बस्ने गरि तोकिएको प्रदेशसभाको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।
आइतबार पोखरा विमान दुर्घटनापछि सोमबार मुलुकभर शोक विदा दिइएका कारण प्रदेशसभा बैठक पनि स्थगित गरिएको हो।
बैठक भोलि दिउँसो १ बजे बस्ने तय गरिएको छ।
सेयर गर्नुहोस्






















