जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

हेटौंडा टुडे
२०७९ माघ २, सोमबार १७:३० गते

हेटौंडा | जुम्लामा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा पातारासी गाउँपािलका १ निवासी अन्दाजी ४२ वर्षीय छोदेन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख यमबहादुर बुढाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख बुढाका अनुसार पातारासी गाउँपालिका वडा नम्बर ६ कोटभिरमा सदरमुकामबाट पातारासीको लासी जाँदै गरेको ग १ ज ४०३५ नम्बरको जीप दुर्घटनामा परेको हो ।

यस्तै दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि एम्बुलेन्समा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*