प्रधानमन्त्री प्रचण्डद्वारा सर्वदलीय बैठक आह्वान

हेटौंडा टुडे
२०७९ माघ ३, मंगलवार १०:५८ गते

हेटौंडा| प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वदलीय बैठक आह्वान गरेका छन् । बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी आह्वान गरिएको हो ।

उक्त बैठकमा विश्वासको मत दिएका दलहरूसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्ने कार्यक्रम रहेको छ । सत्ता गठबन्धनमा सभामुख र उपसभामुखको उम्मेदवारसँगै मन्त्रालय भागबन्डामा सहमति जुटाइएको छ ।

प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा छन् । नवनियुक्त मन्त्रीलाई आजै शपथ खुवाउने शितलनिवासको तयारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*