रेखा शर्मा स‍ञ्‍चार तथा सूचना प्रविधिमन्त्री बन्ने

हेटौंडा टुडे
२०७९ माघ ३, मंगलवार ११:१८ गते

हेटौंडा| नेकपा माओवादी केन्द्रबाट रेखा शर्मा स‍ञ्‍चार तथा सूचना प्रविधिमन्त्री बन्ने भएकी छन्।  माओवादी केन्द्रका एक पदाधिकारीका अनुसार सञ्चारमन्त्री रेखा शर्मा बनाउने आन्तरिक सहमति भएको हो।

माओवादी केन्द्रले मन्त्री छनोटको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको  थियो।

सत्ता गठबन्धनमा भएको भागबण्डामा माओवादीको भागमा चार मन्त्रालय परेको छ। उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन्।

यस्तै माओवादी केन्द्रले सुदन किँरातीलाई मन्त्री बनाउने भएको छ। किरातिले आफूलाई पार्टीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी दिन लागेको जानकारी गराएका छन्।

नव मन्त्रीहरुले आजै शपथ लिँदैछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*