राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने

हेटौंडा टुडे
२०७९ माघ ३, मंगलवार १२:५५ गते

हेटौंडा| राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सांसद बनेकी डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने भएकी छन् ।

कार्की ललितपुर-३ बाट प्रत्यक्षतर्फ रास्वपाबाट निर्वाचित भएकी थिइन् । रास्वपाले डा. कार्कीलाई स्वास्थ्यराज्यमन्त्री बनाउने निरन्य गरेको हो । त्यस्तै रास्वपाले पाएको शिक्षामन्त्रीमा शिशिर खनाल र श्रममन्त्रीमा डोलप्रसाद अर्याललाई पठाउने भएको छ ।

सत्ता साझेदार दलहरुको भागबण्डामा रास्वपाले तीन मन्त्री, एक राज्यमन्त्री र उपसभामुख पाएको छ । रास्वपाका सभापति रवि लामिछाने यसअघि नै उपप्रधान तथा गृहमन्त्री बनिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*