जनता समाजवादी पार्टी नेपालको संसदीय दलको बैठक बस्दै

हेटौंडा टुडे
२०७९ माघ ३, मंगलवार १४:११ गते

हेटौंडा|  जनता समाजवादी पार्टी नेपालको संसदीय दलको बैठक बस्दै छ। पार्टीले आज बैठक बोलाएको हो।

वर्तमान राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो। बैठक आज दिउँसो २ बजे पार्टी कार्यालयमा बस्नेछ।

यसैबीच जसपाले तत्काल सरकारमा सहभागी नहुने बताएको छ। मन्त्रालय बाँडफाँटमा न्यायोचित निर्णय नभएको भन्दै जसपा अध्यक्ष उपेन्द्र यादवले अहिले सरकारमा सहभागी नहुने बताएका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*