हेटौंडा| नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा शपथग्रहणलगत्तै मन्त्री खनालले सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
खनालसँग शिक्षाको क्षेत्रमा लामो समय काम गरेको अनुभव छ । उनले ‘टिच फर नेपाल’नामक संस्था मार्फत लामो समय शिक्षा क्षेत्रमा काम गरेका छन् ।
खनाल राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौं ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
सेयर गर्नुहोस्


















