|प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता रामचन्द्र पौडेलबीच बालुवाटारमा भेटवार्ता

हेटौंडा टुडे
२०७९ माघ ५, बिहीबार ११:३८ गते

हेटौंडा|प्रधानमन्त्री पुष्पकमल दाहाल ‘’ र कांग्रेस नेता रामचन्द्र पौडेलबीच बालुवाटारमा भेटवार्ता भएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल प्रचण्डलाई भेट्न बिहान बालुवाटार पुगेका हुन् ।

उनीहरुबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको पौडेलको सचिवालयले जानकारी दिएको छ । प्रतिनिधिसभामा सभामुख चयनका लागि बैठक बस्नुभन्दा अघि भएको यो भेटलाई महत्वका साथ हेरिएको छ ।

सभामुखको निर्वाचन आज हुँदैछ । सत्ता गठबन्धनले एमाले नेता देवराज घिमिरेलाई र विपक्षी गठबन्धनले कांग्रेसकी नेतृ ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*