संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री किराती र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

हेटौंडा टुडे
२०७९ माघ ६, शुक्रबार १७:३२ गते

हेटौंडा| संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किराती र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच शुक्रबार पर्यटन मन्त्रालयमै भेट भएको हो ।भेटका क्रममा मन्त्री किरातीले सिमरामा रहेको नेपालको एक मात्र हवाईमार्गको चाप बढेकोबारे ध्यानाकर्षण गराएका छन् । ‘थप हवाई प्रवेश मार्गका लागि अनुरोध गरेँ,’ भेटपछि मन्त्री किरातीले भने ।

राजदूत श्रीवास्तवले नेपाली जनता र नेपालको हितमा भारत सरकार सधैँ सकारात्मक हुने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*