बानियाँले गरे डेरी उद्योगको अवलोकन

हेटौंडा टुडे
२०७९ माघ १८, बुधबार १३:५२ गते

हेटौडा । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँले कृषिमा आधारित उद्योग, व्यवसायको संरक्षण गर्नुपर्ने बताएका छन् ।
बुधबार भक्तपुरको खरिपाटीस्थित डेरी उद्योगको अवलोकनका क्रममा कृषिमा आधारित उद्योग, व्यवसायलाई सरकारले विशेष सहुलियत दिनुपर्ने बताएका हुन् । उनले कृषिमा आधारित व्यवसायले गाउँसम्म रोजगारी सिर्जना हुने बताए ।

दुग्ध पदार्थको दिगो बजारीकरणबारेमा सभापति बानियाँले जानकारी लिएका छन् । उनले उद्योग सञ्चालनमा हुने कठिनाइलाई सहज गर्न आफ्नोतर्फबाट हुने सबै सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । बागमती प्रदेश सभाका सांसद समेत रहेका सभापति बानियाँसँगै प्रदेश सभा सदस्य प्रभात तामाङ, सुरेश श्रेष्ठ र चागुनारायण नगर प्रमुख जीवन खत्रीलगायतले उद्योगको अवलोकन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*