वाग्मती प्रदेशसभाको बैठक माघ २२ गते अपराह्न २ बजेका लागि आह्वान

हेटौंडा टुडे
२०७९ माघ १८, बुधबार १७:३१ गते

हेटौंडा| वाग्मती प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक यही माघ २२ गते अपराह्न २ बजेका लागि आह्वान गरिएको छ । प्रदेशसभाको बैठक गत माघ ३ गते मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेपछि स्थगित भएको थियो ।

सभामा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (समाजवादी पार्टी), राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीका गरी एक सय १० जना प्रदेशसभाका सदस्य छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*