एमालेले बोलायो सचिवालय बैठक

हेटौंडा टुडे
२०७९ फाल्गुन ११, बिहीबार १४:०९ गते

हेटौंडा|सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। राष्ट्रपति निर्वाचन र विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न फागुन १३ गते बिहानका लागि बैठक बोलाइएको हो।

सोही दिन राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यसूची छ। निर्वाचन भने  २५ फागुनमा हुँदैछ।

बैठकले पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवारको पनि टुंगो लगाउने छ। एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरिसकेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*