अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

हेटौंडा टुडे
२०७९ फाल्गुन २५, बिहीबार १५:१७ गते

हेटौंडा | धनगढीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–३, मिलन चोकमा आज भएको उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

अत्तरिया–धनगढी सडक खण्डमा चौमलाबाट भीम बस्तीतर्फ जाँदै गरेको से १ ह २६३९ नम्बरको अटो अनियन्त्रित भई पल्टिँदा गौरीगङ्गा नगरपालिका–४ का ८५ वर्षीय तिलानन्द जोशीको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका जोशीको उपचारका लागि माया मेट्रो अस्पताल धनगढी पुर्‍याएको थियो । त्यसलगत्तै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले बताए ।

अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*