गठबन्धनबाट जसपाकै उम्मेदवार

हेटौंडा टुडे
२०७९ फाल्गुन २७, शनिबार ११:५२ गते

हेटौंडा| दश दलीय गठबन्धनले उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवारलाई सहयोग गर्ने भएको छ । तर आज बसेको गठबन्धनको संयुक्त बैठकले उपराष्ट्रपतिमा सहमति जुट्न नसकेपछि जसपा र जनमत पार्टीबाट उम्मेदवारी दिने बुझिएको छ । यद्यपि नेताहरुले मिलाउने प्रयास भइरहेको बताएका छन् ।

राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले अब उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनु पर्ने निर्वाचन आयोगले स्पष्ट पारिसकेको छ । महिला वा पुरुष कसलाई उम्मेदवार बनाउने भन्नेबारे निर्णय जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले गर्नेछ । रामसहायप्रसाद यादव र प्रमिला यादवको नाम आएको छ ।

निर्वाचन आयोगले महिला उपराष्ट्रपतिको उम्मेदवार खोजेर पुरुषको उम्मेदवारी रद्द गरेको अवस्थामा ब्याकअपका लागि प्रमिला र दुवै उम्मेदवारी सदर भएमा प्रमिलाको नाम फिर्ता लिने गरी जसपाले दुवै जनाको नाम समावेश गर्न लागेकोसमेत बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*